१२ किलो चरेश सहित २ जना पक्राउ

नेपालगन्ज । बाँकेमा १२ किलो चरेश सहित दुई जना पक्राउ परेका छन् ।

बाँके प्रहरीले कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडीबाट बुधबार १२ किलाे चरेश सहित उनीहरूलाई पक्राउ गरेकाे हाे ।

चप्परगाैडीस्थित न्यू सुदुरपश्चिम बाजुरा स्टाफ होटलकाे कोठामा लागु औषध चरेशको कारोबार भईरहेको भन्ने सूचनाकाे आधारमा खटिएको विशेष प्रहरी टोलीले होटलको कोठा नं.१०१ मा रहेका रोल्पा सुनिल स्मृती गाउँपालिका वडा न- ७ घर बताउने रुद्र बहादुर बुढा र रुकुम (पुर्व) भुमे गाउँपालिका वडा न- ७ घर बताउने रवि पुन पक्राउ गरेकाे जनाएको छ ।

तलासी लिने क्रममा निजहरुले ल्याएको जेब्रा झोला भित्र बाहिर खैरो रंगको प्लाष्टिक टेपले बेरी राखेको १२ प्याकेमा रहेको चरेश जस्तो पदार्थ तौल गर्दा १२ किलोग्राम फेला पारी बरामद गरि थप अनुसन्धान भईरहेको छ ।

पक्राउ मानिसहरु बुढा र पुनले बरामद चरेश कपिलबस्तु शिवपुरबाट प्रतिकेजी २७,०००।- का दरले जम्मा रु ३,२४,०००।- मा बरामद १२ किलो चरेश खदिर गरि नेपालगंका मानिस लाई विक्री गर्ने भनि ल्याएको खुलेकाे प्रहरीले बताएकाे छ ।

कानूनी कारबाही :
लागु औषध नियन्त्रण ऐन २०३३ दफा १४ को उपदफा (घ ५) बमोजिम २ वर्ष देखी १० वर्ष सम्म कैद र १५ हजार देकी १ लाख सम्म जरिवाना हुनेछ ।

Previous article७० बर्ष माथिकालाई उमराह गर्न रोक, यस बर्ष हज गर्न इच्छुकलाई कोरोना खोप अनिवार्य ।
Next articleलागु औषध खुवाई जबरजस्ती करणी गर्ने पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here