
नेपालगञ्ज । लागु औषध खुवाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका वडा नं–२० राँझाकी एक १९ वर्षीया किशोरीलाई लागु औषध खुवाई जबरजस्ती करणी गर्नेलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
नेपालगञ्ज २० राँझा बस्ने २४ वर्षीय मिम बहादुर बुढाले २०७७ मंसिर ५ गते उक्त किशोरीलाई भ्रमणमा जाने बहानामा वैजनाथ गाउँपालिका वडा नं.१ स्थित गाभर भ्यालीको होम स्टेभित्र लगी जुसमा लागु औषध नाईट्राजेपाम मिसाई खुवाएर वेहोस बनाई जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए ।
करणीपछि फरार भएका बुढा काठमाण्डौंमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो काठमाण्डौ समेतको सहयोगमा बुढालाई २०७७ चैत्र ८ गते काठमाण्डौको हाडीगाँउबाट पक्राउ जनाएको छ ।
घटना सम्बन्धमा थप बिवरण :
प्रतिवादी बिगत १० वर्ष देखी पिडितकै घरमा बस्ने गरेको ।
मिति २०७७।०८।०५ गतेका दिन निज प्रतिवादीले पिडितको आमा संग वहिनी ९पिडित० र म भ्रमणमा जादैछौं भनि पिडित लाई घर बाट लिई गएको ।
निजहरु भ्रमणमा नगई जिल्ला बाँके वैजनाथ गा।पा। १ स्थित गाभर भ्याली होम स्टेमा गएको ।
होम स्टेको कोठा भित्र प्रतिवादीले पिडित लाई जुसमा लागु औषध नाईट्राजेपामा मिसाई खान दिई पिडित वेहोस भए पछी करणी गरेको भन्ने खुल्ल आएको ।
ऐ।६ गते पिडित लाई अचेत अवस्थामा नै घरमा ल्याई छाडी फरार रहेको ।
पिडितको भेरी अस्पतालमा उपचार पश्चात हाल अवस्था सामान्य रहेको ।
निज मिम बहादुर बुढाले प्रयोग गर्ने गरेको ज्याकेटको खल्तीमा लागु औषध नाईट्राजेपाम ९ल्ष्तचबखभत (ज्ञण्० १४ ट्याव्लेट, क्ष्दगउचयाभल त्बदभितक – १ फेला परेको ।
कानूनी कारबाही :
मुकुकी फौजदारी ९संहिता० २०७२ को दफा २१९ को उपदफा ३ ९ङ० बमोजिम ७ वर्ष देखी १० वर्ष सम्म कैद ।





