
कम्दी । बाँकेको कम्दीमा रहेको ईलाका प्रहरी कार्यलयले लाखौं मूल्य बराबरको काठ बरामद गरेको छ। बुधबार राति ९ स् १० बजेतिर राप्ती हुँदै आएको ना ८ ख ८२२८ नम्बरको टिपरमा १२ फिट लामो सालको ३ वटा गोलिया काठ बरामद गरेको हो ।
प्रहरीले कम्दी मिलन चोकमा खटिएका दुई जना प्रहरीले सोधपुछ र खोजतलासमा पक्राउ गरि कम्दिमै रहेको प्रहरी कार्यलयमा टिपर चालकलाई लैजादै गर्दा प्रहरी जवान श्रवण यादवलाई टिपरमा रहेका ४ ५ जनाको समुहले प्रहरीमाथि हातपात गरि टिपर चालकलाई बाहिर फालि टिपरमै रहेका आर्को चालकले टिपरलाई चौकि नजिकै रहेको गिट्टी मोरङ रहेको ठाउँमा काठ फालि फारार भएका छन् ।
पहिला चलाउदै आएका डाईभरलाई भने प्रहरीले पक्राउ गरि बुधबार नै जिल्ला वन कार्यलयलाई पठाएको इलाका प्रहरी कम्दीका प्रमुख देविलाल घर्ती मगरले जानकारी दिनुभयो ।
जिल्ला वन कार्यलयका एफओ राजेन्द्र तिमिलसेना र
रेन्जर सहित ७ जनाको टिम बिहान काठ फालिएको ठाउँ डुडुवा गाउँ पालिका वडा नम्बर ५ स्थित कम्दि मिलन चोकमा पुगि काठको बारेमा मुजुल्का उठाइ काठलाई जिल्ला वन कार्यलय लाने तयारी गरि रहनु भएको थियोे ।
काठ गोगुल सामुदायिक बनबाट आएको पाइएको छ भने काठको साल ३ गोलिया गोलाई ६७, ५७ र ५३ सेन्टिमिटर रहेको छ भने लम्बाइ सबै १२र१२ फिटको रहेको जिल्ला वन कार्यलयका एफओ राजेन्द्र तिमिलसेनाले बताउनुभयो ।
बरामद काठबारे गोगुल सामुदायिक वनमा अध्यक्ष विजय यादवले गोकुल सामुदायिक वन र राप्ती सोनारी सामुदायिक वनबिच बाट आएको तर कसरी कहाँबाट आएको भन्ने बारेमा जानकारी नभएको बतउनुभयो ।





