नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गर्न सुरु गरेको छ ।

नेपालगञ्जको रामलिला मैदानस्थित नारी विकास केन्द्रमा चैत ११ गतेदेखि सुरु सामुदायिक कुकुरको बन्ध्याकरण शिविर चैत १८ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखा प्रमुख लक्ष्मी चन्द शाहीका अनुसार एनिमल नेपालसँगको सहकार्यमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।

हालसम्म ९३ सामुदायिक कुकुरहरुको बन्ध्याकरण भईसकेको छ । एनिमल नेपालले शहरका विभिन्न ठाउँबाट कुकुरहरु जम्मा गरेर शिविरमा ल्याई बन्ध्याकरण गर्दै आएको छ ।

Previous articleबनकटी माबिबाट डुडुवामा दिवा खाजा कार्यक्रम शुरु
Next articleडुडुवामा हात्तीपाईले रोगबिरुद्धको औषधी खुवाउन बिशेष रणनीति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here