स्टार सिटी बन्यो एन्फा प्रेसिडेन्ट लिग– २०७७ को च्याम्पियन

नेपालगन्ज । सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई कायमै राख्दै एन्फा प्रेसिडेन्ट लिग– २०७७ को च्याम्पियन बनेको छ ।

आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गरेको छ । स्टार सिटीको तर्फबाट रुप बहादुर बहादुर लामाले ५३औं मिनेट, चेतमान कठायतले ५६औ मिनेट र ५९औं मिनेटमा गोल गरे । त्रिवेणीका विश्व अधिकारीले ८९औं मिनेट र सरोज योन्जनले ९०औं मिनेटमा गोल गरे ।

अर्को खेलमा प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहटले प्रदेश नम्बर–१ को सैनिक युथ क्लब झापालाई २–१ ले पराजित गरेको छ । मनकामनाको जितमा भुवन बस्नेतले २९औं मिनेट र विके राईले ५८औं मिनेटमा गोल गरेका थिए ।

खेलमा मनकामनाका एन्जल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । आइतबारको नतिजासँगै स्टार सिटी १६ अंक सहित शिर्ष स्थानमा रहँदा लुम्बिनी प्रदेशको धम्बोझी क्लब १२ अंक सहित दोस्रो, मनकामना युवा क्लब रौतहट तेस्रो र त्रिवेणी युवा क्लब चौथो स्थानमा रहँदै राष्ट्रिय लिगका लागि छनोट भएका छन ।

च्याम्पियन बनेको स्टारसिटीले १० लाख, दोस्रो धम्बोझीले ५ लाख र फेयर प्ले टिमका रुपमा मनकामना युवा क्लबले ५० हजार प्राप्त ग¥यो । यसैगरी प्रतियोगितामा उत्कृष्ट रक्षक स्टारका धन राज थापा, स्टारकै राजेन्द्र रावल उत्कृष्ट मिडफिल्डर, धम्बोझीका निशान लिम्बु उत्कृष्ट स्ट्राइकर, स्टारका टेकेन्द्र सिह थापा उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षक स्टारका ललित चन्द्र घोषित भए ।

उनीहरुले समान रुपमा जनही २५ हजार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टार सिटीका रुप बहादुर विष्ट घोषित भए । उनले नगद रु ५० हजार प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल ओलम्पिक कमिटी सदस्य एवम एन्फा केन्द्रिय दिर्घ बहादुर केसी, लुम्बिनी प्रदेश फुटबल संघ अध्यक्ष भुपेन्द्र विक्रम थापा, उपाध्यक्ष अजित राज भण्डारी, सुर्यमणि अधिकारी, धनगढी उप–महानगरपालिका मेयर नृप बहादुर ओड र नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापामगर लगायतले पुरस्कृत गरे ।

चैतको २ गतेबाट सुरु भएको प्रतियोगितामा सात प्रदेशका लिग च्याम्पियन टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको शिर्ष चार टिम र सहिद स्मारक ए डिभिजन लिगका शिर्ष ६ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन ।

Previous articleअनलाइन पत्रकार संघको दोस्रो बैठक : रक्तदान गर्ने निर्णय
Next articleसाउदीमा कोभिड-१९ संक्रमण बढ्दो, ४ मिलियन भन्दा बढीलाई दियो खोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here