नेपालगञ्जलाई वाल विवाह मुक्त घोषणाको तयारी

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाका सबै २३ वटै वडालाई वाल विवाह मुक्त वडा घोषणाका लागि तयारी सुरु गरिएको छ ।

नगर उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा बुधबार बसेको वाल अधिकार समितिको बैठकले २३ वटै वडालाई वाल विवाह मुक्त वडा तथा वालमैत्री वडा घोषणाका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिकामा वालमैत्री स्थानीय शासन समितिको गठन गरिएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा अध्यक्ष र उपप्रमुख उमा थापा मगर उपाध्यक्ष रहनुभएको समिति कार्यविधि अनुसार विभिन्न क्षेत्रको प्रतिनिधित्वसहित २१ सदस्यीय रहेको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाहले जानकारी दिनुभयो ।

Previous articleनरैनापुर क्षेत्रमा तस्करी बढ्यो, दुई हजार लिटर डिजेल बरामद
Next articleहात्तिपाईले रोग बिरुद्धको अभियान, प्रजिअ लगायतद्धारा औषधी सेवन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here