नरैनापुरको खोदवाँमा आगलागी, पुर्ण जानकारी आउन बाँकी

file photo

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ खोदवा गाउँमा भिषण आगलागी भएको छ । नरैनापुर ४ का सामाजिक परिचालक मनोज तमोलीलार्य उद्धृत गर्दै नरैनापुरका रोजगार संयोजक मकबुल अहमद मुकेरीले जानकारी दिनुभयो ।

शनिबार दिउँसो साढे ३ बजे आगलागी भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरले बताएको छ । गाउँमा भएको आगलागी नियन्त्रणका लागि दमकल पुगेको र स्थानीय तथा प्रहरीले नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

यो समाचार तयार पार्दा सवा ४ बजेसम्म आगलगाी नियन्त्रणको प्रयास भइरहेको छ । आगलागी के कसरी भयो भन्ने पुर्ण जानकारी आउन बाँकी छ । यो सहित गत दुई महिनाभित्र नरैनापुर गाउँपालिका भित्र मात्रै ५ स्थानमा आगलागी भइसकेको छ ।

Previous articleसाउदीमा ७ सयबढि कोरोना संक्रमित, सावधानीको कदम उठाउन मन्त्रालयको आग्रह ।
Next articleआर्य समाजद्वारा नेपालगन्जमा हाेली मिलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here