बरिष्ठ पत्रकार सम्मानित, स्वतन्त्रमा दर्जन प्रवेश, नयाँ कार्यसमिति चयन

नेपालगञ्ज । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा बाँकेको तेश्रो अधिबेशन नेपालगन्जमा सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्षद तथा पूर्व महासचिब नवराज पहाडीको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा बोल्दै पहाडीले स्वतन्त्र पत्रकारिता अहिलेको आवश्यक रहेको बताउनुभयो ।

उहाँले कहिले पनि सञ्चारकर्मी पूर्वाग्रहरी हुन नहुने भन्दै पत्रकारितामा मौलाएको बिकृती अन्त्य गर्न स्वतन्त्र पत्रकारहरुको सक्रियता जरुरी रहेको बताउनुभयो । स्वतन्त्र पत्रकार संघले देशका २५ जिल्लामा शाखा विस्तार गर्दै शसक्त रुपमा अगाडी बढीरहेको बताउदै अवको अभियान देशब्यापी विस्तार सँगै सशक्तिकरण पनि हुने उहाँको भनाई थियो ।

उहाँले जिल्ला शाखा बाँकेले बाँकेमा स्वच्छ पत्रकारिताको छाप छोड्न सफल होस सुवेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै र्काक्रमका अतिथि बरिष्ट पत्रकार बासुदेव श्रेष्ठले स्वतन्त्र पत्रकारिता अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रममा अतिथि बरिष्ठ पत्रकार निरज गौतमले स्वतन्त्र पत्रकार नामले नै गौरवाम्वित बनाउने भन्दै कार्यक्रममा आउदा नौलोपनको बोध भएको बताउनुभयो । शुरुका दिनमा पत्रकारितामा स्वतन्त्र रुपमा नै प्रबेश गरेपनि विस्तारै राजनितिक भुमरीमा पर्ने भन्दै पत्रकारिताको सत्कर्मलाई थप उचाई दिन स्वतन्त्र पत्रकार संघमा आबद्ध भएको बताउनुभयो । उहाँले अबको आफ्नो जिवन स्वतन्त्र पत्रकारिताको वकालतमा खर्चिन प्रतिबद्धता गर्नुभयो ।

यसै गरी कार्यक्रममा बोल्दै बरिष्ट सञ्चारकर्मी कमल बिके निर्मोहिले कुनै पनि पत्रकारको आत्म सन्तुष्टीका लागि स्वतन्त्र पत्रकारिता आवश्यक हुने बताउनुभयो । पत्रकार स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता रहेको बताउदै उनले अवको यात्रा स्वतन्त्र पत्रकारिताको विकास र विस्तार मा हुने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा गैसस महासंघ बाँकेका पूर्व अध्यक्ष तेज विक्रम शाह, हरि जमुना स्वतन्त्र पत्रकारिता कोषकी संथापक माधबी शाह लगायतले बोल्नुभएको थियो ।

स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बाँके शाखाका सदस्य खेम बिष्टले गर्नुभएको थियो । स्वतन्त्र पत्रकार संघ बाँके शाखाका हेमराज भट्टले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा ५० बढीको सहभागिता रहेको थियो ।बरिष्ठ पत्रकारहरुलाई सम्मान
स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाको तेश्रो अधिबेशनमा दुई जना बरिष्ट पत्रकारलाई सम्मान गरिएको छ । विगत तीन दशकदेखि बाँके जिल्लाको पत्रकारितामा क्रियाशिल रहदै आउनुभएका बरिष्ठ पत्रकार बासुदेब श्रेष्ठ र निरज गौतमलाई सम्मान प्रदान गरिएको हो ।

श्रेष्ठलाई समाजसेवी माधबी शाहले आफ्ना माता पिताको सम्झनामा स्वतन्त्र पत्रकार संघको संरक्षकत्वमा स्थापना गरेको हरि जमुना स्वतन्त्र पत्रकारिता पुरस्कार नगद राशी पाँच हजार एक सय एकाउन्न सहित सम्मान गरिएको हो भने गौतमलाई पत्रकारिता बिशेष सम्मान प्रदान गरिएको हो ।

पत्रकारद्धयलाई कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघका राष्ट्रिय सल्लाहकार तथा पूर्व महासचिब पहाडी र कोषकी संस्थापक माधवी शाह र स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष शाहले दोसल्ला, सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो ।

सम्मान ग्रहण गर्दै बरिष्ट पत्रकारद्धय श्रेष्ठ र गौतमले संघलाई धन्यबाद दिदै स्वतन्त्र पत्रकारिताका लागि आफूहरु क्रियाशिल रहने प्रतिबद्धता रहेको बताउनुभयो । गत बर्ष बरिष्ठ पत्रकार पन्नालाल गुप्ता, पूर्णलाल चुके र हेमन्त कर्माचार्यलाई सम्मान गरिएको थियो ।स्वतन्त्रमा दर्जन प्रवेश
विभिन्न संगठनहरु परित्याग गर्दै स्वतन्त्र पत्रकार संघ नेपालमा आधा दर्जन पत्रकारहरु प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा बरिष्ठ पत्रकार निरज गौतम, बरिष्ठ सञ्चारकर्मी कमल बिके निर्मोही, क्रियाशिल पत्रकारहरु बिरेन्द्र जैसी (बिपी अस्तु), डिल्ली रमण वली, निशु जोशी, प्रसान्त केसी, जनक थापा, बब्लु शेष लगायत रहनुभएको छ ।

नयाँ कार्यसमिति चयन
स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाको तेश्रो अधिबेशनले पुनः नमस्कार शाहको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।

यसरी चयन भएको समितिको उपाध्यक्षमा मन भण्डारी, सचिबमा बिरेन्द्र जैसी, सह सचिबमा शोभा थापा मगर र कोषाध्यक्षमा मुना बिष्टलाई चयन गरेको छ । यसैगरी शाखाको सदस्यहरुमा क्रमशः हेमराज भट्ट, डिल्ली रमण वली, प्रसान्त केसी, जनक थापा, खेम बिष्ट, बब्लु शेष, लोक बहादुर घर्ती र तपेन्द्र मलाती रहनुभएको छ ।

यसैगरी सोमबार नै स्वतन्त्र पत्रकार संघको राष्ट्रिय पार्षद चयन गरेको छ । जसमा गौतम, निर्मोही, सिटौला, दिला शाह, माधवी शाह र शम्भु शाही रहनुभएको छ ।

Previous articleकोभिडको बेला सुरक्षामा खटिएका पत्रकार केसी प्रदेश सचिवका उम्मेदवार ?
Next articleनरैनापुरका आग्नी पिडितलाई राहत बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here