नरैनापुरका आग्नी पिडितलाई राहत बितरण

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका आगलागी पिडितलाई राहत बितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेकेका तर्फवाट सोमबार राहत नगद सहयोग गरेको हो ।

शनिबार अपरान्ह भएको आगलागी पिडित पुर्ण क्षति भएका ६९ घरलाई २० हजारको दरले, आंशिक क्षति भएका ६ वटा घरलाई १० हजारको दरले तथा ३७ गोठ र ५ घरको गहुवाली क्षति भएको आगलागि प्रभावितलाई ५ हजारका दरले नगद सहयोग जिल्ला आपतकालिन कार्य सँचालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी बाँकेवाट आगलागीवाट पुर्ण प्रभावित ६९ घरपरिवारलाइ गैर खाद्य सामाग्री सेट वितरण गरेको छ भने वेस्टन अस्पतालवाट १२० सेट खाद्य सामाग्री वितरण गरिएको हो ।

प्रतिनिधि सभा सांसद महेश्वर गहतराज, लुम्विनी प्रदेश सासद कृष्णा केसी, नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद साह, भुमि आयोगका केन्द्रीइ सदस्य विक्रम यादव, बाँकेका प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङ, नेपाली सेनाका सहायक रथी हरेन्द्र पाठक, नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्दीकी, वेस्टन अस्पलाल नेपालगन्जका डा।राहुल थापा, प्रहरी उपरिक्षक ओम बहादुर राना, सशस्त्र प्रहरी उपरिक्षक अशोक वम, अनुसन्धान उपनिर्देशक नगेन्द्र गिरी लगायको उपस्थितीमा राहत बितरण गरिएको थियो ।

Previous articleबरिष्ठ पत्रकार सम्मानित, स्वतन्त्रमा दर्जन प्रवेश, नयाँ कार्यसमिति चयन
Next articleबाँकेमा बढ्न थाल्यो कोरोना ग्राफ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here