बाँकेका प्रहरी प्रमुख राना प्रवल जनसेवाश्रीद्वारा बिभुषित

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको छ ।

नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्‍याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको हाे ।

संबिधान दिवश २०७६ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभुषण प्रदान गर्ने घोषणा बमोजिम नै प्रवल जनसेवाश्री चतुर्थ श्रेणी प्रदान गरिएको हाे ।

बाँके प्रहरी प्रमुख राना जिल्लामा आएदेखि हालसम्म फरार भएका अपराधीहरू पक्राउ गर्ने कार्यलाई निरन्तरता दिएकाे छ भने सफलता पनि पाईरहेकाे छ ।

Previous articleनरैनापुरका अग्नी पीडितलाई सेभ द चिल्ड्रेनको सहयोग
Next articleसाउदीमा कोरोना संक्रमितको संख्या ९ सयको पार, सावधानी अपनाउन अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here