साउदीमा कोरोना संक्रमितको संख्या ९ सयको पार, सावधानी अपनाउन अनुरोध

अरशद शेष राई,

साउदी अरेबिया । कोरोना भाइरसको महामारीले विश्वभरका मुलुकहरुमा दोस्रो र तेस्रो लहर आइरहँदा खाडी मुलुक साउदी अरेबियाले छ महिनादेखि आफ्नो देशबाट कोरोना महामारीलाई समाप्त पार्दै अगाडि बढिरहेकै बेला पुनः एक पटक कोरोना भाइरसले चेतावनी दिएको छ ।

केही दिनदेखि साउदी अरेबियामा पनि कोरोना भारसका संक्रमितहरू दिनदिनै थपिँदै गएका छन् ।

हप्तौ देखि साउदी अरेबियामा कोरोना भाइरस महामारीको संक्रमित भई उपचारपछि निको हुनेको संख्या भन्दा नयाँ भेटिने कोरोना भाइरसको संक्रमितको संख्या दोब्बर हुदैँ गएको साउदी स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको हो ।

साउदी अरेबियामा शुक्रबार मात्रै ९ सय भन्दा बढी नयाँ कोरोना भाइरसका संक्रमितहरु भेटिएका छन् । जबकि शुक्रबार मात्रै उपचारपछि निको भई घर फर्किनेको संख्या ५ सय ४० जना रहेका छन ।

कोरोना भाइरसको संक्रमणले गर्दा साउदी अरेबियामा शुक्रबार नौ जनाको ज्यान गएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार नयाँ भेटिएका कोरोना संक्रमित मध्ये साउदी अरेबियाको राजधानी रियादमा ४ सय १ जना, पबित्र शहर मक्का शरीफमा १ सय ६९ जना, पूर्वी क्षेत्रमा १ सय ४३ जना, असिरमा ३९ जना, पबित्र शहर मदिना शरीफमा २५ जना, हाइलमा २५ जना अल- कसिममा २४ जना तथा अन्य ठाउँहरूमा गरी ९ सय ४ जना कोरोना संक्रमितहरु भेटिएका हुन् ।

कोरोना भाइरसका कारण साउदी अरेबियामा हालसम्म संक्रमित हुनेको कुलसंख्या ३ लाख ९६ हजार ७ सय ५८ जना पुगेका छन जबकी हालसम्म उपचारपछि निको भई घर फर्किनेको कुलसंख्या ३ लाख ८२ हजार १ सय ९८ जना पुगेका छन् ।

साउदी अरेबियामा हाल ७ हजार ८ सय २३ जना सक्रिय कोरोना भाइरसका संक्रमितहरु छन् भने ८ सय ९८ जना कोरोना भाइरसको संक्रमित गम्भीर अवस्थामा छन ।

साउदी स्वास्थ्य मन्त्रालयले आफ्ना नागरिक तथा प्रवासीहरूलाई रेखदेख गर्नका लागि रेजिष्टर गर्न, उपायहरूको पालना गर्न र निर्देशनहरूको पालना गर्नुका साथै ठूलो समारोहसंग बच्न तथा मास्क अनिवार्य रूपमा लगाउन तथा अहतियाती उपायहरू अपनाउन सबैलाई अनुरोध गरिएको छ ।

कोरोना भाइरस अर्थात् कोभिड -१९ को महामारीले गर्दा साउदी अरेबियामा हालसम्म ६ हजार ७ सय ३७ जनाको मृत्यु भइसकेको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म साउदी अरेबियामा कोभिड – १९ खोपको ५.९ मिलियन भन्दा बढी खुराकहरू दिइएका छन् ।

Previous articleबाँकेका प्रहरी प्रमुख राना प्रवल जनसेवाश्रीद्वारा बिभुषित
Next articleउर्दू गजल गोष्ठी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here