
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका ४ खोदाँवामा गत शनिबार भएको आगलागी बाट पीडित १ सय २० घर परिवारलाई बिहीवार राहत वितरण गरिएको छ ।
सेभ द चिल्ड्रेनकोे आर्थिक सहयोगमा सामाजिक बिकास मञ्च बाँके, नेपाल रेडक्रस सोसाईटी तथा जिल्ला बिपद ब्यवस्थापन समिति बाँकेको समन्वयमा पिडित परिवारलाई पानी छान्ने फिल्टर तथा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री, पोशाक, झोला लगायतको सामग्री बितरण गरिएको सेभ द चिल्ड्रेनकी परियोजना अधिकृत फुल कुमारी चौधरीले बताउनुभयाे ।
बितरण गरिएको सामाग्रीहरुमा १०० जना परिवारलाई पानी छान्ने फिल्टर, २ बर्ष सम्मका ५० जना बालबालिका , ३ देखि ५ बर्ष सम्मका ५० जना बालबालिकाहरुको लागि हरुको लागि न्यानो कपडाको सेट बितरण गरिएको सेभ द चिल्ड्रेनकी परियोजना अधिकृत चौधरीले बताउनुभयाे ।
यस्तै कक्षा १ देखि ५ सम्मका ४० जना छात्रा तथा ४० छात्र गरि ८० जना बिद्यार्थीहरु झोला, बिद्यालय पोशाक, कपि, कलम, पेन्सिल, रुमाल , कटर अन्डर बियर, जमेट्रीबक्स तथा कक्षा ६ देखि १० कक्षा सम्मका ४० जना छात्रा तथा ४० छात्र गरि ८० जना बिद्यार्थीहरु झोला, बिद्यालय पोशाक,कपि, कलम, पेन्सिल, रुमाल र जमेट्री बक्स बितरण गरिएको छ ।
राहत बितरण कार्यक्रम नरैनापुर गाउँपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत बिजय कुमार यादव, वडा नम्बर ४ का वडध्यक्ष दिनेश प्रसाद शर्मा सामाजिक बिकास मञ्च बाँकेका सल्लाहकार घनश्याम उपाध्याय, सचिव जितराम चौधरी सदस्य तुलसीराम चौधरी, सेभ द चिल्ड्रेनकी परियोजना अधिकृत चौधरी, लजिस्टक अफिसर प्रकास भटट, सुचना तथा सँचार अधिकृत रचना श्रेष्ठ, ईलाका प्रहरी कार्यालय नरैनापुरका प्रहरी निरीक्षक बसन्त गौतम र नरैनापुर शशस्त्र बेस क्याम्पका ईन्स्पेक्टर नरेश बाटा लगायतको उपस्थितिमा नरैनापुर गाउँपालिका गाउँपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत बिजय कुमार यादव मार्फत सहयोग हस्तान्तरण गरिएको थियो ।





