उर्दू गजल गोष्ठी

पवन जायसवाल
नेपालगञ्ज । बाँके जिल्लाको नेपालगन्जमा रहेका उर्दू साहित्यकारद्वारा शनिवार मासिक गजल गोष्ठी गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–११ स्थित ईमाम अहमद बिन हम्बल विकास केन्द्र नेपालगन्जमा शनिवार गुल्जार–ए–अदब बाँकेको आयोजनामा शनिवार मासिक गजल गोष्ठीमा उर्दू साहित्यकारद्वारा गजल गोष्ठीमा गजल वाचन गरिएको छ ।

नेपालगन्जका मासिक गजल गोष्ठी उर्दू साहित्यकार सर्वर नेपालीको अध्यक्षतामा सम्पन्न भएको सञ्चालन उर्दू साहित्यकार तथा ईमाम अहमद बिन हम्बल विकास केन्द्रका मौलाना तथा ईस्लाम धर्म गुरु अन्सर नेपालीले गर्नुभएको थियो ।

सो गजल गोष्ठीमा गुल्जारे अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, अन्सर नेपाली, असफाक रसूल हाशमी, मेराज अहमद (हिमाल), अव्दुल हमीद सिद्दीकी (भोला), नसीम अहमद कादरी, ईस्माइल अन्सारी, युवा साहित्यकार सदाब नेपाली, सर्वर नेपाली, गुड्डू सिद्दीकी, कारी अली हुसैन लगायतले “मुसिबत पडे तो सिकायत मत करना ” मिश्ररामा आ–आफना गजल वाचन गर्नुभएको थियो भने मोहम्मद जुबेर राई र मोहम्मद इनामउल्ला हलवाईको सहभागिता रहेको अन्सर नेपालीले बताउनुभयो ।

Previous articleसाउदीमा कोरोना संक्रमितको संख्या ९ सयको पार, सावधानी अपनाउन अनुरोध
Next articleपत्रकार महासंघ बाँकेमा निर्वाचित पदाधिकारीद्धारा शपथ ग्रहण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here