पत्रकार महासंघ बाँकेमा निर्वाचित पदाधिकारीद्धारा शपथ ग्रहण

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचित पदाधिकारी, सदस्य, राष्ट्रिय परिषद् र प्रदेश परिषद् सदस्यहरुलाईं सपथ खुवाइएको छ ।

महासंघको नयाँ नेतृत्व चयनकालागि गठित निर्वाचन समितिका संयोजक पूर्णलाल चुके र निर्वाचन समिति सदस्य अधिवक्ता केशव कोइरालाले आईतबार एक समारोहका बीच नवनिर्वाचित सबैलाई सपथ खुवाउनुभएको हो । त्यसक्रममा नवनिर्वाचित सबैलाई प्रमाणपत्र समेत वितरण गरीएको थियो ।

प्रमाणपत्र वितरण तथा सपथग्रहण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटिका उपाध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली, पूर्व अध्यक्ष प्रेम केसी, झलक गैरे, अध्यक्ष पदका प्रत्यासी डक्ट प्रसाद धिताल, नेपाल प्रेस युनियनका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारीका अध्यक्ष हेमन्त विक, प्रेस संगठन नेपालका राजेश आचार्य, भारतीय पत्रकार मणिराम शर्मा लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै पत्रकार महासंघको गरिमा बढ्ने गरी उत्कृष्ट कार्य गर्न शुभकामना दिनुभयो ।

पत्रकारहरुको हकहित, व्यवसायिक सुरक्षासँगै दक्षता अभिबृद्धिका लागि ठोस कार्ययोजनाका साथ काम गर्न सुझाउँदै वक्ताहरुले गैरपत्रकारहरुलाई महासंघबाट विदाई गर्ने गरी सुदृढिकरण अभियान थाल्न समेत सुझाब दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष दामोदर भण्डारीले सबैलाई समेटेर अघि बढ्न र महासंघको गरिमा उचो बनाउन आफू प्रतिबद्ध जनाउनुभयो । यहि चैत्र २५ गते भएको निर्वाचनबाट बाँके शाखा अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा संगीन शर्मा, महिला उपाध्यक्षमा करुणा शाह, सचिवमा कमल डाँगी, सहसचिवमा कृष्ण ओली, समावेशी सहसचिवमा हेमन्त चौधरी र कोषाध्यक्षमा विनोद पौडेल चिर्वाचित हुनुभएको छ ।

त्यसैगरी खुल्ला सदस्यहरु सौरभ गिरी, सुनिल रेग्मी, जावेद अहमद शाह, दिनेश ठाकुर, निर्मल आचार्य, खगेन्द्र प्रसाद आचार्य, डिल्ली शाही र शंकर लामिछाने, महिला सदस्य सावित्री गिरी, दलित सदस्य पवित्रा परियार, मधेशी सदस्य भिष्म लोध, अल्पसंख्यक सदस्य मोहम्मद जावेद हलवाई र जनजाति सदस्य राधेश्याम चौधरी बिजयी हुनुभएको हो ।

Previous articleउर्दू गजल गोष्ठी
Next articleबाँकेमा २४ घण्टामा ४१ जनामा संक्रमण फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here