बाँकेमा २४ घण्टामा ४१ जनामा संक्रमण फेला

नेपालगञ्ज । बाँकेमा फेरि कोरोना उकालो लाग्दै गएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालको ल्यावमा ७८ जनाको पिसिआर परिक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

वलीका अनुसार भेरी अस्पतालमा बाँकेका २५ जनासहित ५४ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । जसमध्ये २४ जनाको अवस्था गम्भिर रहेको र ४ जनाको भेन्टिलेटर राखेर उपचार भईरहेको वलीले जानकारी दिनुभयो ।

Previous articleपत्रकार महासंघ बाँकेमा निर्वाचित पदाधिकारीद्धारा शपथ ग्रहण
Next articleसहयात्री नेपाल तथा बिन्दु कुवंर समूहद्वारा नरैनापुरमा सेनेटरी प्याड बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here