सहयात्री नेपाल तथा बिन्दु कुवंर समूहद्वारा नरैनापुरमा सेनेटरी प्याड बितरण

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाका आगलागीबाट प्रभावित भएका र बिशेष गरि महिला, किशोरी तथा बालिकाहरुको स्वास्थ्यलाई मध्य नजर गरि सहयात्री नेपाल तथा बिन्दु कुंवर समुहको आयोजनामा सेनेटरी प्याड बितरण गरिएको छ ।सहयात्री नेपाल, बिन्दु कुवंर समूहका सम्पुर्ण सदस्य मो. सल्मान सल्मानी , स्वेता गुरुङ, अंन्जना चतुर्बेदी, राजेन्द्र बिष्ट, पर्शुराम बारि, ऋतिक शाही, देवा बहादुर क्षेत्री, अरुणा गुरुङ, सपना परियार एवम् वडा नम्बर ४ का वडा अध्यक्ष मो. सफिक बेहेना र वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमालले प्याड सहयोग सहयोग गरेको हो ।शनिबार अपरान्ह भएको आगलागी पिडित पुर्ण क्षति भएका ६९ घरका १२० जना महिला किशोरी तथा बालिकाहरुलाई महिनावारीको समयमा हुने समस्या समाधानका निम्ति एकजना लाई ३ ओटाको परिमाणले प्याड बितरण गरिएकाे हाे ।

Previous articleबाँकेमा २४ घण्टामा ४१ जनामा संक्रमण फेला
Next articleकोरोनाको हटस्पट बन्दै बाँके, एकदैनि १२३ जनामा संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here