
नेपालगञ्ज । बाँके जिल्ला फेरि कोरोनाको हटस्पट बन्दै जान थालेको छ ।
बुधबार मात्र बाँकेमा थप १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको एक सरकारी र दुई नीजि प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १२३ जनामा पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबार जिल्लामा ६२ महिला र ६१ पुरुष गरि १२३ जना संक्रमित थपिएका थिए ।
यो संख्यामा संक्रमितको ठेगाना जिल्ला बाहिर रहेपनि बाँकेमा नै बसोबास गर्नेहरुको रहेको बताइएको छ । बाँकेमा पछिल्लो ७ दिनमा मात्र ३६६ जना संक्रमित थपिएका छन् ।





