सगुन पोख्रेलको वेब सिरिज ‘ईओजी’ आउँदै

काठमाण्डौं । रंगमंचका थुप्रै कलाकारहरुको अभिनय रहेको वेब सिरिज ‘ईओजी (Errors of God)’ को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ ।

कलासी प्रोडक्सनको निर्माणमा प्रकु पाण्डेले निर्देशन गरेको यस सिरिजमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वी लोकमा साधारण मानिसको रुपमा आएका भगवानहरुको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ । संगीत सापकोटाको लेखन रहेको यस सिरिजलाई सगुन पोख्रेलले निर्माण गरेकी हुन् ।

बिकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, युनिसा ढुंगाना ‘सरिता’ को साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमंचका पचास भन्दा बढी कलाकारहरुको अभिनय रहेको यस सिरिजमा क्राइसिस ज्याक (कृष्ण) को छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।

Previous articleकोरोनाको हटस्पट बन्दै बाँके, एकदैनि १२३ जनामा संक्रमण
Next articleदेशको सम्मानमा राष्ट्रिय झण्डा दिवस !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here