
नेपालगन्ज । साहू समाज समिति नेपालगन्ज बाँकेले नयाँ बर्ष २०७८ को अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम गरेको छ ।
साहु समाजका अध्यक्ष हंसराम शाहूको अध्यक्षतामा आयाेजना गरिएको कार्यक्रममा शुभकामना आदान प्रदानका साथै शाहू समाज युवा समिति बाँके समेत गठन गरिएको छ ।
गठित युवा समितिकाे अध्यक्षमा राम किसान साहू, उपध्यक्षमा पावन शाहू, कोषध्यक्षमा पिन्टु साहू, सचिवमा बृजलाल साहू र उपसचिव श्याम कुमार साहू रहनुभएकाे छ ।
त्यस्तै समितिकाे सदस्यहरुमा मनोज कुमार साहू, दिनेश कुमार साहू, सन्तोष कुमार साहू, सरोज शाहू, विमल कुमार साहु र रितेश कुमार साहू रहनुभएकाे छ ।
नवगठित समितिलाई सम्बाेधन गर्दै युवा समितिका अध्यक्ष रामिकसानले सबैको साथ, सहयाेगले अगाडि बढ्ने बताउनुभयो । यस्तै सचिव बृजलालले युवाहरूमा समाजका लागि केही गर्ने अवसर आएको बताउनुभयो । समाजकाे हितका लागि युवाहरु सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमकै दाैरान नवगठित युवा समितिका पदाधिकारी समाजले टीका र दोसल्लाले सम्मानित गरेकाे थियाे भने गठित समितिलाई शपथ ग्रहण गराईएकाे छ ।





