
नेपालगञ्ज । अस्पताल नेपालगञ्ज ल्याबमा प्रयोगशालामा जाँच गर्दा एकै दिन ठूलो मात्रमा कोरोना संक्रमित फेला परेका छन् । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा एकै दिन ठूलो मात्रामा कोरोना संक्रमित फेला परेपछि बाँकेमा कोरोना भाइरस समुदायमै फैलिएको पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जको ल्याबमा १८३ जनाको स्वाब परीक्षण गर्दा १२७ जनामा कोरोना पुष्टि भएको हो । यो संख्या अहिले सम्मकै उच्च हो । यसरी कोरोना संक्रमित देखिनेमा बाँकेको नेपालगञ्जका धेरै छन् ।
त्यसैगरी कोहलपुर र खजुराका धेरै ब्यक्तिमा कोरोना पुष्टि भएको छ । भेरीको ल्याब रिर्पोट हेर्दा बाँकेको डुडुवा, जानकी, राप्तीसोनारी लगायतका पालिकामा समेत कोरोना भाइरस संक्रमण देखिएको छ ।
समुदायमै तीव्र रुपले फैलिएको कोरोना संक्रमणको असर यतिबेला यहाँका विद्यालयहरुमा समेत देखिएको छ । नेपालगञ्जका करिव आधा दर्जन विद्यालयमा शिक्षक र विद्यार्थी गरी १५ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर शिक्षा प्रमुख गोरखबहादुर थापाका अनुसार स्थानीय धम्बोझी माध्यामिक विद्यालय, मंगलप्रसाद माध्यामिक विद्यालय, सेन्टथोमस बोर्डिङ स्कुल, वाटरपार्क, महेन्द्र र आर्दश माध्यामिक विद्यालय, र सनविम माविका शिक्षक तथा विद्यार्थीलाई कोरोना संक्रमण भएको नगर शिक्षक प्रमुख थापाले जानकारी दिनुभयो ।





