अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ बाँके गठन

नेपालगञ्ज । बाँके जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीहरुको हकहितका लागि अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ जिल्ला कार्य समिति बाँके गठन गरिएको छ ।

सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुबीच बसेको भेलाले राधेश्याम थारुको अध्यक्षतामा १४ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । गठित समितिको उपाध्यक्षमा देवि बिक, सचिवमा सरिफ अलि गुजर, सहसचिवमा थामेश्वर शर्मा, कोषाध्यक्षमा प्रितिदेवि बिक रहनुभएको छ ।

यस्तै समितिको सदस्यहरुमा राम प्रसाद चौधरी, कामेश्वर मण्डल, जंग बहादुर थारु, नितु कुमारी नाथ योगी, बाल कृष्ण आले, टोपेन्द्र बिष्ट, लक्षिराम थारु, कविता भुषाल र धर्म बहादुर थापा रहनुभएको छ ।

सरकारी निकायमा कार्यरत अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुको हकहितको लागि कर्मचारी श्रमिक संघ जिल्ला समिति गरिएको संघका लुम्बिनी प्रदेश उपाध्यक्ष श्याम बहादुर चौधरीले जानकारी दिनुभयो ।

बैठकमा संघको लुम्बिनी प्रदेश सदस्य तारा केसी र फुलनदेवि थारुको समेत उपस्थिति रहेको थियो ।

Previous article‘मनको उडान’ विमोचित
Next articleलैंङिगक रुपान्तरण सम्बन्धी शिक्षण तालिम संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here