लैंङिगक रुपान्तरण सम्बन्धी शिक्षण तालिम संचालन

नेपाल सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन अगाडी ल्याएको छ । वि.स.२०७९ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नती गरी वि.सं. २०८७ सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा पुग्ने दूर दृष्टिमा केन्द्रित रहेर वि.स. २०७३ देखि २०८० सम्मका लागि यो योजना अगाडि ल्याइएको हो ।

सबैका लागि गुणस्तरीय शिक्षाको सहज पहुँच सुनिश्चित गर्न सकिएको छैन । कतिपय समुदायका बालबालिकाको विद्यालय शिक्षामा पहुँचको स्थिती कमजोर नै छ ।

कठिन अवस्थामा रहेका सीमान्तकृत समुदाय, दलित तथा अल्पसंख्यक सांस्कृतिक समुदायका बालबालिका अझै पनि पूर्णतः विद्यालय शिक्षाको मूलधारमा समाहित भइसकेका छैनन् ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय प्रदेश नं ६ सुर्खेतको र सामाजिक सचेतन सरोकार मंञ्च स्याक नेपाल बाँकेको साझेदारी तथा खजुरा गाउपालीका शिक्षा तथा खेलकुद शाखाको समन्वयमा परियोजना संचालन भएको विद्यालयका फोकल शिक्षकहरुका लागि शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम खजुरा गाउपालीकाको खजुरामा आजदेखि संचालन भएको छ ।

तालिमबाट नेपाली भाषाका पढाइ र लेखाइ शिक्षणका लागि कक्षा कोठामा लैगिंक मैत्री प्रर्याप्त शैक्षिक सामग्री भए नभएको र कक्षा कोठाको शिक्षण तथा सिकाई प्रक्रिया लैंगिक विभेद पुर्ण बनाउन आबश्यक रहेको बताइएको छ ।

तालिमले सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधिहरु र सिकाई प्रक्रियाहरुको बारेमा सहभागीहरुको ज्ञान र सिप वृद्धि गर्न विस्तृत भइ तालिम पछि विद्यालय स्तरमा यसको प्रत्यक्ष रुपमा कार्यान्वयमा आउने अपेक्षा गरिएको छ ।

तालिमाको उद्घाटन सत्रमा खजुरा गाउपालीका शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले वालबालिकाको सिकाइलाई प्रभावकारी बनाउनका लागि बिद्यालयका कक्षा कोठामा प्रसस्त सामाग्रीको ब्यबस्थापन हुन सकेको खण्डमा बालबालिकाको सिकाइमा प्रभावकारीता ल्याउन सकिने बताउदै खजुरा गाउँपालिका भित्र नमुना विद्यालय निर्माणका लागी पालिकाले कार्ययोजना निर्माण गरेको र यस्ता कार्यक्रमले शिक्षामा थप मदत पुग्ने बताउनुभयो । भने कार्यक्रमका सहभागीहरुलाइ स्वागत गदै सस्थाकी टिमलिडर नेत्रकला शाहीले भबिश्यका कर्णधार तथा सक्षम नागरिक उत्पादन गर्ने स्थान घर पछि बिधालय भएकाले बिधालयको बालमैत्री लैगिकं मैत्री शिक्षण कृयाकलाप गराउन सक्नु र उनीहरुको रुचि अनुसारको अध्यान अध्यापन गर्न सक्नु एक शिक्षकको पेशा भएकाले यहाहरुको क्षमता बिकासका लागी प्लान इन्टरनेशनल नेपाल सामाजिक सचेतन सरोकार मंच स्याक सदैब यहाँहरुको साथमा रहेको बताउनु भयो । यस खजुरा गाउपालीकाले शौक्षिक गुणस्तर बृद्धिका लागी बिभिन्न खालका योजनाका साथ अगाडी बढेकाले खजुरा गाउपालीकालाइ बिषेश धन्यबाद दिनुभयाे ।
तालिममा परियोजना संचालन भएका करिब १५ जना फोकल महिला शिक्षकहरुको सहभागीता रहेको छ । तालिम खजुरा गाउपालीकामा आइतबार देखि मंगलबार ३ दिन सम्म संञ्चालन गरिने छ । ३ दिने तालिमको सहजकता खगेन्द्र बहादुर मल्लले सहजीकरण गर्नुभएको छ। तालिममा सहभागीहरुमा कोराना भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य प्रयाेेेग समय समयमा साबुन पानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका सुपरभाइजर रज्जब अली वागवानले बताउनुभयो ।

Previous articleअखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ बाँके गठन
Next article६ महिनामा ५३ जना कुष्ठरोगी, सबैभन्दा बढि नेपालगञ्जमा फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here