मंगलबार जिल्ला बाहिर सहित २८९ जनामा कोरोना पुष्टि

नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा बिभिन्न प्रयोगशालामा भएको स्वाब परीक्षणबाट २८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशाला, बागेश्वरी डाईग्नोष्टिक सेन्टर र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३५३ जनाको स्वाब परीक्षणबाट मंगलबार २८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालको प्रयोगशालामा १३२ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट ३८ जना, बागेश्वरीबाट ४९ जना गरी बाँकेका २१९ जना र जिल्ला बाहिरका ७० जना गरी २८९ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमण देखिनेहरुमा बाँकेका ९२ जना महिला र १२७ जना पुरुष रहेका छन् भने जिल्ला बाहिरका संक्रमितहरुमा ३१ जना महिला र ३९ जना पुरुष रहेका छन् । पछिल्लो केही दिनदेखि बाँकेमा कोरोनाको ग्राफ बढेको बढ्यै छ ।

यस्तै जिल्लामा कोरोना संक्रमण र मृत्यु दर पनि बढेपछि जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रले ९ गतेबाट ७ दिनका लागि बाँके जिल्लामा लकडाउन गर्ने निर्णय गरेको छ ।

मंगलबार कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

Previous article९ हजार दिए स्वाब नै नदिई घरमै नेगेटिभ पिसिआर रिपोर्ट !
Next articleअलपत्र मानिस फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here