
नेपालगञ्ज । भारतमा अलपत्र परेका एक नेपाली बाँके आइपुगेका छन् । भारतको शिलशिलामा गएका ५९ वर्षीय भक्त बहादुर तामाङ्गलाई त्यहीका नेपालीहरुले नेपाल ल्याइ सहयोग गरेका छन् ।
भक्त बहादुरको आफन्त एवं घरपरिवार खोजीदिनका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाईको छ । २६ वर्ष अघि २०५१ सालमा गएका भक्त बहादुरले आफ्नो ठेगाना बिरगंजको जितपुर भएको बताउनुभएको छ ।
भक्त बहादुरले १५ वर्षदेखि भारतको किन्वर गल्लि भन्ने ठाउँमा जितराम नेगीको घरमा काम गर्दै आएको र १५ दिन अघि काम गर्ने ठाउँमा झगडा भएपछि साहुले निकालेका कारण अलपत्र परेको जानकारी दिनुभएको छ ।
भक्त बहादुरको मानसिक सन्तुलन ठिक नभएको देखिन्छ । उहाँको भनाई अनुसार बर्दिया, बारबर्दिया नगरपालिकाको दमौली भन्ने ठाउँमा दाजुभाईहरु छन् । निजसंग परिचय खुल्ने कुनैपनि कागज पत्र नरहेको जनाइएको छ ।
भक्त बहादुर तामाङको भनाई अनुसार बुवाको नाम पासाङ तामाङ र आमाको नाम बुद्धि ग्यालुङ रहेको छ भने त्यसैगरी दाईको नाम बल बहादुर तामाङ र भाईको नाम मन बहादुर तामाङ रहेको छ । चिन्नुहुनेले जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।





