
ठाकुरबाबा । प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय सुर्खेत तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा संचालित सिकाइ परियोजना अन्तरगत बर्दिया जिल्लाको बारबर्दिया नगरपालीका, ठाकुरबाबा नगरपालीका, राजापुर नगरपालीका र गेरुवा गाउँपालीकाका परियोजना बिधालयका शिक्षकहरुका लागी ३ दिने स्टीम एजुकेशनका बारेका शिक्षाकहरुका लागि क्षमता बिकाश तालीम ठाकुरद्धारा शुरु भएको छ ।
शुक्रवारबाट सुरु भएको तालिम बैशाख १२ गतेसम्म संचालन हुने जनाइएको छ । तालिमलाई बारबर्दिया नगरपाललिकाका शिक्षा शाखा प्रमुख टिकानाथ गोसाइले सहजिकरण गरिरहनु भएको छ । तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषय वस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टेग्रेटेड पाठ्यक्रममा पक्षहरुमा प्रशिक्षण हुने समेत जनाइएको छ ।
तालिम सहभागीहरुलाई स्वागत तथा सुभारम्भमा परियोजना बिधालयमा स्टिम अनुसार कक्षा शिक्षण गर्न र शिक्षण गतिबिधि संचालन गर्नका लागि यसको महत्वपुर्ण भुमिकाको रुपमा रहने र पुर्व प्राथामिक तहमा यसको कार्यान्वयनका लागि यस तालिमको आयोजना गरिएको स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।
तालिमका सहभागिहरुलाई प्लान इन्टरनेशनल नेपाल केन्द्रीय कार्यालयको कम्युनिकेशनका अनिल वोगटीले प्लान इन्टरनेशनल नेपालले बालबालिकाको सवालमा काम गरिरहेको र बिभिनन्न पक्षहरुमा कामा गरि बिभिन्न गैरसरकारी संस्थासंग मिलेर काम गरेको बताउँदै यस तालिम सफलताको शुभकामना दिँदै तालिममा सिकेका बिषयबस्तुहरु बिधालय तहमा कार्यान्वयन हुनेमा प्लान इन्टरनेशनल अपेक्षा गरेको बताउनुभयो ।
तालिमले स्टिम शिक्षाको अवधारणामा स्पस्ट हुन, इस्टिम शिक्षा र इन्टेग्रेटेड पाठ्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्न तालिम सहयोगी हुनेछ । तालिममा बर्दिया जिल्लामा परियोजना संचालन भएका बिधालयका १७ जना शिक्षकाको सहभागीता रहेको छ । कोरोना संक्रमण नफैलिनका लागि सामाजिक दुरि कायम गर्ने माक्स तथा सेनिटाइनरको प्रयोग गर्ने तथा पटक पटक साबुन पानीले हाथ हुने ब्यबस्था मिलाएको छ ।





