काेराेना संक्रमण : अहिलेसम्मकै आँकडा पार

नेपालगन्ज । बाँकेमा काेराेना महामारीको पहिलाे र दाेस्राे लहरमा अहिलेसम्मकै सबैभन्दा बढि संक्रमण पुष्टि भएकाे छ ।

जिल्लाका विभिन्न ४ वटा प्रयाेगशालाहरूमा पछिल्लो २४ घण्टाभित्र भएकाे परीक्षणबाट अहिलेसम्मकै सबैभन्दा बढि ४७८ जनमा संक्रमण पुष्टि भएकाे हाे ।

पछिल्लो २४ घणटामा भेरी अस्पतालकाे प्रयाेगशालमा २६९ जनाकाे स्वाब परीक्षण हुँदा २५० जना, नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा पहिलाे र दाेस्राे चरणकाे प्रयाेगशालामा १०३ तथा १८३ जाकाे परीक्षण गर्दा ५२ र १०३ जना र बागेश्वरी डाईग्नाेष्टिक सेन्टरमा ११० जनाकाे स्वाब परीक्षणमा ७३ जनामा संक्रमण देखिएकाे छ ।

यसअघि केहीदिन अघिमात्र ३२२ जना अहिलेसम्मकै बढि संक्रमित देखिएका थिए भने त्याे संख्या बढेर अहिले चार सयकाे आँकडा गरेकाे छ ।

शुक्रबार साँझसम्मकाे परीक्षणबाट बर्दिया लगायतका जिल्लाका संक्रमित रहेका छन् ।

Previous articleस्टीम एजुकेशनका बारेमा तीन दिने क्षमता बिकास तालीम शूरू
Next articleभेरीको कोभिड वार्डका लागि शाहद्धारा १ लाख ११ हजार १ सय १ रुपैयाँ सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here