
नेपालगञ्ज । नेपालगञ्जमा कोरोना संक्रमण बढ्दै गर्दा भेरी अस्पतालमा अक्सिजनको अभाव भएपछि सहयोगी हातहरु अघि बढेका छन् । अक्सिजनको अभाव हुन नदिन सहयोगी दाताहरुले आर्थिक सहयोग गरिरहेका छन् ।
सहयोग गर्ने क्रममा मल्टी सप्लार्य प्रालिका प्रबन्धक निर्देशक संगम शाहले भेरी अस्पतालस्थित कोभिड बार्डका बिरामीहरुका लागि अक्सिजन खरिद गर्न शनिबार १ लाख ११ हजार १ सय १ रुपैयाँ सहयोग गर्नुभएको छ ।
जिल्लामा बढ्दो कोरोना संक्रमितको उपचारको लागि अक्सिजन अभाव नहोस् भन्दै नेपालगञ्ज निवासी शाहले शनिबार अस्पताल परिसरमै पुगेर सहयोग रकम प्रमुखहरुलाई प्रदान गर्नुभएको छ ।
शाहले उक्त रकम बराबरको चेक भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापालाई हस्तान्तरण गनुर्भको हो । हस्तान्तरणका समय डा. सुभाष योगी लगायत स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।





