
नेपालगञ्ज । युवा संघ बाँकेले भेरी अस्पतालको कोभिड वार्डका लागि सहयोग गरेको छ । संघका बाँके अध्यक्ष तिलकबिर सुनार लगायतका पदाधिकारीले शनिबार अस्पताल प्रशासनलाई कोभिड वार्ड संचालनका लागि एक लाख बत्तिस हजार सात सय पचास रुपैया सहयोग प्रदान गरेको हो ।
खजुरा वडा नम्बर ४ का वडा अध्यक्ष समेत रहनुभका सुनारले अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापालाई सहयोग रकम हस्तान्तरण गनुर्भको हो ।
पछिल्लो समय जिल्लामा कोरोना संक्रमितहरु जिल्लामा थेग्न नसक्ने गरी बढेपछि कोभिड अस्पताल संचालनमा समस्या सृजना भएको छ । अस्पतालमा भेड अभावदेखि बिरामीलाई चाहिने अक्सिजन लगायतका उपचार अभाव भएपछि जिल्लामा सहयोगी दाताहरुले हात बढाउन लागेका छन् ।





