महामारी नियन्त्रणमा जनप्रतिनिधिको सक्रियता बढ्यो, पूर्व मन्त्री राईद्धारा भेरीलाई पाँच हजार थान अक्सिजन सहयोग हुने

नेपालगञ्ज । कोरोना संक्रमितहरुको उपचारका लागि भेरी अस्पताललाई पाँच हजार अक्सिजन सिलिण्डर प्राप्त हुने भएको छ । कोभिडका विरामीलाई अक्सिजन अभाव हुन नदिन जनप्रतिनिधिहरु लागि परेका छन् ।

बिरामीको उपचारमा सहजताका लागि बाँके क्षेत्र नं.२ का संघीय सांसद मोहम्मद ईस्तियाक राईको पहलमा पाँच हजार थान अक्सिजन सिलिण्डर भेरीलाई प्राप्त हुने भएको हो । राईले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका भित्र बाटो र धार्मिक संस्था भित्रको निर्माण कार्यका लागि बिनियोजित बजेट रकामान्तर गरेर कोभिडको बिरामीको लागि आवश्यक पर्ने पाँच हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

पछिलो समय नेपालगञ्ज उपमहानगरपालिका भित्र कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ ।

यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष सफिक वेहनाले दुई सय थान अक्सिजन सिलिण्डर बराबरको रकम प्रदान गरिसक्नुभएको छ भने शनिबार मात्रै युवा संघ बाँकेले एक लाख बत्तिस हजार सात सय पचास र मल्टी सप्लायर्स प्रालि नेपालगञ्जका संगम शाहले एक लाख ११ हजार १ सय १ रुपैया सहयोग रकम प्रदान गर्नुभएको छ ।

Previous articleयुवा संघले भेरी अस्पताललाई दियो एक लाख बत्तिस हजार सहयोग
Next articleजमुनाहा नाकामा होल्डीङ सेन्टर तयार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here