
नेपालगन्ज । संबिधान सभा सदस्य मोहम्मदी सिद्विकीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा न-३ निवासी ६५ वर्षीया सिद्विकीकाे केहिदिनदेखि भेरी अस्पतालको भेण्टिलेटरमा उपचार भईरहेको र शनिबार साँझ उपचारकाे क्रममा मृत्यु भएको हो ।
गत चैत्र २८ गते कोरोना पुष्टि भएपछि सिद्विकी भेरी अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको उपचारकै क्रममा साँझ ७ः३० बजे निधन भएको भेरी अस्पतालले जनाएको छ । अस्पतालले उपचारका क्रममा उहाँलाई बचाउन सबै उपाए अपनाएपनि बचाउन नसकिएको जनाएको छ ।
संबिधान सभा सदस्य सिद्विकी फातिमा फाउण्डेसन नेपाल नामक संस्थाबाट मस्लिम समूदायमा धेरै सामाजिक काम गर्दै आउनुभएकाे थियो । याे संगै काेराेना संक्रमण देखिएका मृत्यु हुने बिरामीको संख्या ७८ पुगेकाे बाँकेका काेराेना फाेकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।





