अक्सिजन उद्योगकाे अनुगमन

नेपालगन्ज । बाँके जिल्लामा कोरोना संक्रमण अत्याधिक मात्रामा बढ्दै गइरहेको र कोरोनाका कारण सिकिस्त विरामीको संख्या पनि बढिरहेको अवस्थामा अस्पतालमा समेत अक्सिजनको अभाव भैरहेको खबर आइरहेका बेला बाँके जिल्लाको संयुक्त बजार अनुगमन टोलीले आईतबार बाँके जिल्लामा रहेको यस क्षेत्रकै ठुलो एच.ओ.अक्सिजन इन्डष्ट्रिजको अनुगमन गरेको छ l

दैनिक ११ सय सिलिन्डर अक्सिजन ग्यास उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल दैनिक रुपमा ६ सय सिलिन्डर अक्सिजन ग्यास उत्पादन गर्ने गरेको र अस्पतालहरुबाट ४ सय सिलिन्डरको माग आउने गरेकोमा माग बमोजिम अक्सिजन ग्यास सिलिन्डर सहरुपमा रुपमा आपूर्ति भैरहेको उद्योगले जानकारी गराएको अनुगमनमा सहभागी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सुचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिनुभयो l

अक्सिजनको अत्याधिक माग भैरहेको अहिलेको अत्यन्त जटिल समयमा नागरिकको जिउ ज्यानको सुरक्षालाई ध्यानमा राखेर उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्न निर्देशन दिईएको सुचना अधिकारी चौलागाईले बताउनुभयो ।

आईतवारको अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगंजका प्रमुख – कृष्ण प्रसाद पौड्याल, नेपालगंज उपमहानगरपालिकाकाका अधिकृत दिपेन्द्र श्रेष्ठ, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतम लगायतको सहभागिता रहेको थियो l

यस्तै कोरोना महामारीका बेला औषधि तथा सर्जिकल सामग्रीको अभाव हुन नदिन र कुनैपनि बाहनामा मुल्य वृद्धि हुन नदिन आईतवार गरिएको सरोकारवालासंगको छलफलमा नेपाल औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष वसन्त शर्मा एवं महासचिव जीवन शर्मा, केमिकल्स एण्ड सर्जिकल एसोसिएसन बाँकेका अध्यक्ष प्रदीप गुप्ता लगायतकाे उपस्थितमा छलफल गरिएको हाे ।

Previous articleकाेराेना संक्रमित संविधान सभा सदस्य सिद्विकीकाे निधन
Next articleमहाधिवेशन प्रतिनिधि गुप्ताद्धारा २० थान अक्सिजन सिलिन्डर सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here