महाधिवेशन प्रतिनिधि गुप्ताद्धारा २० थान अक्सिजन सिलिन्डर सहयोग

नेपालगन्ज । कोरोना महामारीका उपचार गर्न बेड तथा अक्सिजनको अभाव भएपछि जिल्लामा सहयोग गर्ने दाताहरूले सहयोगको हातहरु बढाई राखेका छन् ।

यसै क्रममा भेरी अस्पतालमा बिरामीलाई उपचार गर्न सहज होस भन्नका लागि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि अतुल कुमार गुप्ताले २० थान अक्सिजन सिलिन्डर सहयोग गर्नुभएको छ ।

नेपालगन्ज त्रिभुवन चोकस्थित केक एण्ड बेकरीका संचालक समेत रहनुभएका समाजसेवी, मिलनसार गुप्ताले आईतवार भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापालाई अक्सिजन प्रदान गर्नुभएको हो ।

सो अवसरमा बाल्दै संचालक गुप्ताले महामारीका समय सक्नेले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले अभाव भएकै बेला हुने सहयोगले ठुलो पुन्य हुने भन्दै सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

Previous articleअक्सिजन उद्योगकाे अनुगमन
Next articleकोरोनाको कहर बढेपछि १३ गतेदेखि बाँकेमा निषेधाज्ञा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here