
काठमाडौं । लकडाउनको अवधिमा विभिन्न मुलुकबाट ४ लाख २४ हजार ३९७ मेट्रिक टन खाद्यान्न आयात भएको छ। भन्सार विभागका अनुसार चैत ११ गतेदेखि असार २१ गतेसम्म (करिब १०० दिन) मा यो परिमाणमा खाद्यान्न आयात भएको हो ।
यसैगरी यो अवधिमा १ लाख २२ हजार ६७९ मेट्रिक टन तरकारी आयात भएको विभागले जनाएको छ । लकडाउनको अवधिमा १ लाख ७ हजार ५३० मेट्रिक टन गेडागुडी र ४७ हजार ६७९ मेट्रिक टन फलफूल आयात भएको विभागले जानकारी दिएको छ। विभागका अनुसार ११ हजार ६५० मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।
यस अवधिमा एलपी ग्यास १ लाख १२ हजार ३२१ मेट्रिक टन आयात भएको छ भने २ लाख ८ हजार ५७६ किलोलिटर डिजेल र ९३ हजार ६२७ किलोलिटर पेट्रोल आयात भएको छ ।
लकडाउनकै बीचमा १ अर्ब ९३ करोड रूपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ भने ६० करोड ६० लाख रुपैयाँ बराबरको औषधि आयात भएको छ । नेपाल लाईभ





