एसइईको नतिजा साउन १५ मा प्रकाशन गर्ने बोर्डको तयारी

काठमाडौं । एसइईको नतिजा साउन १५ गते प्रकाशन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका सचिव दुर्गाप्रसाद अयार्लका अनुसार असार मसान्तसम्म सबै जिल्लाबाट लब्धांक आइपुग्ने र साउन १५ गते नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरिरहेको छ ।

विद्यालयहरुमा क्वारेन्टिन बनाइएको हुँदा कतिपय विद्यालयले लब्धांक पठाउन पाएका छैनन्, अयार्लले भन्नुभयो, सम्भवतः असार मसान्तसम्म सबैको लब्धाकं आइपुग्छ होला त्यसैको आधारमा साउन १५ गते नतिजा प्रकाशन गर्ने गरी काम गरेका छौँ ।’

२०७६ चैत ६ गतेदेखि सञ्चालन हुने तयारी भएको एसइई परीक्षा कोरोना भाइरसको संक्रण फैलन सक्ने त्रासका कारण अन्तिम समयमा सरकारले स्थगित गरेको थियो ।

परीक्षा लिनसक्ने स्थिति नभएपछि केही दिनअघि मात्रै सरकारले विद्यालयले लब्धांकपत्र शिक्षा विकास समन्वय इकाइमा पठाउनु पर्ने र जिल्लाले राष्ट्रिय परीक्षा बोर्डलाई पठाएपछि त्यसैको आधारमा बोर्डले नतिजा प्रकाशन गर्ने निणर्य गरेको थियो । नेपाललाईभ

Previous articleदुई लाख २५ रुपैंयासहित दश जुवाडे पक्राउ
Next articleलकडाउनको सय दिनमा सवा ४ लाख मेट्रिक टन खाद्यान्न, सवा लाख टन तरकारी आयात

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here