बर्दियामा सिमानाकाबाट १ सय २३ जनाको उद्धार तथा परामर्श

गुलरिया । बर्दियाको सिमा नाकाबाट १ सय २३ जनालाई उद्धार गरि परामर्श प्रदान गरिएको छ । माइती नेपाल बर्दियाले गुलरियामा गरेको मानव बेचविखन तथा ओसार पसार सम्बन्धि संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रममा उक्त प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

नेपालका विभिन्न जिल्लाका महिलाहरुलाई प्रहरी, संंघ संस्था स्थानीय सरकार लगायतको समन्वयमा जोखिमपुर्ण यात्रामा रही सिमानाबाट उद्धार गरि आवधिक गृहमा प्रवेश गराई परामर्श प्रदान गरिएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिनुभयो ।

देशका विभिन्न स्थानका गरि १ सय २० जनालाई मानव बेचविखन र सुरक्षित बसाई सराई बारे जानकारी दिई परिवारिक पुर्नमिलन समेत गराइएको रिमालले बताउनुभयो ।

विगत देखि माइती नेपालले बर्दियाको विभिन्न पालिकाहरुमा मानव बेचविखनको रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक, उद्धार तथा परामर्शका क्रियाकलाप संचालन गर्दै आएको छ ।

माइती नेपालका अयोजनामा गरिएको कार्यक्रममा विगत १ वर्ष देखिका संस्थाले गरेका क्रियाकलापहरुको सार्वजनिकीकरण गरिएको थियो । श्रम र यौन शोषणमा ३ जनालाई उद्धार गरिएको छ, भने खोजतलासका लागि ५४ जनाले निवेदन दिइकोमध्ये २४ जना फेला परेको तथा बाँकीको अवस्था अज्ञात रहेको संस्थाको तथ्याङ्क छ ।

त्यस्तै घरेलु हिंसाका घटनाहरु समेत बढेको पाइएको छ । सन २०२० को मे देखि २०२१ के अप्रिल सम्मको तथ्याङ्क अनुसार ८० ओटा घटनाहरुको भएको र ६६ वटा घरेलु हिंसाका घटनाहरु समाधान भएको माइती नेपाल बर्दियाले जनाएको छ ।

नेपाल पत्रकार महासंघ बर्दियाको समन्वयमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दिया अध्यक्ष यादव प्रसाद आचार्यले बर्दिया जिल्लाका संचारकर्मीहरुको सहज हुने गरि घटनाहरुको तथ्याङ्क प्रस्तुत गर्न अवश्यक रहेको बताउनुभयो ।

स्थानीय संचारकर्मी केवल बर्दिया जिल्लाका बस्तु स्थितका बारेमा लेख्नुपर्ने हुँदा तथ्याङ्कमा बर्दिया जिल्लासंग सम्बन्धित घटनाहरुलाई प्राथमिकता दिन अवश्यक रहेको बताउनुभभयो ।

Previous articleअर्को सूचना नभएसम्मका लागि त्रिबिका सबै परीक्षा स्थगित
Next articleसिमामा रहेका हेल्थ डेक्सको अनुगमन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here