सिमामा रहेका हेल्थ डेक्सको अनुगमन

डुडुवा । कोरोना संक्रमणको जोखिम उच्च रुपमा बढन थालेपछि त्यसको न्यूनीकरण तथा सावधानीका लागि अपनाइएका संयन्त्रहरुको अनुगमन गरिएको छ ।

डुडुवा गाउँपालिकाले सिमासंग जोडिएका नाका तथा स्थानहरुमा नेपाल आवतजावत गर्नेहरुको अवस्था तथा केही महिना अघि स्थापना गरिएका हेल्थ डेक्सहरुको मंगलबार अनुगमन गरिएको हो । गाउँपालिकाले सिमासंग जोडिएको हेलियाको नयाँबस्ती, छोटी भन्सार र हिरमिनियाको उधुमगन्जमा स्थापना गरिएको हेल्थ डेक्स तथा संक्रमणको अवस्थाबारे अनुगमन गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी नेतृत्वको टोलीले मंगलबार सबै नाकामा पुगेर अवस्था बारे अनुगमन गर्दै कोरोना संक्रमणको दर उच्च रुपमा बढेकाले जोखिमबाट बच्न उच्च सतर्कता अपनाएको बताउनुभयो । उहाँले यो समयमा सम्पूर्ण नागरिकहरु विशेष सावधानी अपनाएर घरभित्रै बसेर स्वास्थ्य सुरक्षाको ख्याल गर्नुपर्ने भन्दै नाकामा आवत जावत गर्ने मानिसहरुको जाँचको कार्यलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिनुभयो ।

यो समयमा कसैलाई पनि केही स्वास्थ्य समस्या देखिएमा तत्काल गाउँपालिकाका स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न सबैलाई आग्रह गर्दै सम्पूर्ण स्वास्थ्य इकाइहरुमा औषधी तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको राम्रो व्यवस्थापन गरेको बताउनुभयो ।

गाउँपालिकाले सिमा नाकामा आउने मानिसहरुको ऐन्टीजिन जाँच तथा कोरोनाको लक्षण देखिएका विरामीहरुलाई पिसिआर स्वाब संकलनका लागि बेतहानी स्वास्थ्य चौकीमा रिफर गर्ने गरिएको स्वास्थ्य शाखा संयोजक बुढाले बताउनुभयो । अनुगमन टोलीमा अध्यक्ष चौधरीसंगै गाउँपालिका अन्र्तगतका विभिन्न स्वास्थ्य चौकी इन्चार्ज लगायतको सहभागिता रहेको थियो । यसैविच गाउँपालिका अन्र्तगत रहेको बाल सुधार केन्द्रमा माग भए बमोजिमको औषधीहरु समेत उपलब्ध गराइएको थियो ।

Previous articleबर्दियामा सिमानाकाबाट १ सय २३ जनाको उद्धार तथा परामर्श
Next articleसार्वजनिक सरोकारको सवालमा अदालतमा मुद्दा दायर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here