हावाबाट कोरोना भाइरस फैलने वैज्ञानिकहरुको दावी, प्रमाण खै बिश्व सवस्थ्य संगठन

एजेन्सी । न्यूयोर्क टाइम्सका अनुसार सयौं वैज्ञानिकहरूले हावाको माध्यमबाट कोरोना भाइरसका सानो कणहरूले पनि मानिसलाई संक्रमित गर्न सक्ने दाबी गरेका छन् ।

वैज्ञानिकहरूले यसको प्रमाण पत्ता लगाएकोले विश्व स्वास्थ्य संगठन डब्ल्युएचओसँग यस रोग सम्बन्धी दिशा निर्देशनहरूमा संशोधन गर्न माग गरेका छन् । समाचारका अनुसार अनुसन्धानकर्ताहरूले डब्ल्यूएचओलाई खुला पत्र लेखेर यस्तो आग्रह गरेका छन् । पत्र अर्को हप्ता विज्ञान पत्रिकामा प्रकाशित गर्ने योजना रहेको जनाइएको छ ।

यसमा ३२ देशका २ सय ३९ वैज्ञानिकहरूले यस दावीसँग सम्बन्धित प्रमाणहरू दिने छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनो भाइरस रोग मुख्यतया हाछ्यौ गर्ने र बोल्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन्छ ।

न्यूयोर्क टाइम्सका अनुसार हाछ्यौ गर्ने र बोल्ने क्रममा ठूला थोप्ला वा साना थोपाहरु ठूला क्षेत्रहरूमा फैलिएपछि मानिसहरुमा संक्रमित गर्न सक्ने वैज्ञानिकहरूले दाबी गरेको छ । डब्ल्यूएचओले न्यूयोर्क टाइम्सलाई दिएको विज्ञप्तिमा अनुसन्धानकर्ताहरूले दिएको प्रमाण पर्याप्त नभएको जनाएको छ ।

डब्ल्यूएचओका डा.बेनेडेटा एलेंगरानजीले न्यूयोर्क टाइम्सलाई भन्नुभएको छ, ‘विशेष गरी गत दुई महिनामा हामीले धेरै पटक भनेका छौं, हामीले यो विचार ग¥यौं कि यो रोग हावामा फैलिन्छ तर यो प्रमाणित गर्ने कुनै ठोस प्रमाण छैन , वा कुनै स्पष्ट प्रमाण छैन ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार डब्ल्यूएचओले यससम्बन्धमा समाचार लेखेपनि कुनै प्रतिक्रिया नजनाएको उल्लेख गरेको छ ।

Previous articleनिजी विद्यालयहरुको आन्दोलन स्थगित
Next articleमास्क नलगाई घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here