मास्क नलगाई घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

काठमाडौं । मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एक अर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।

लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको अधिकारीले बताउनुभयो ।

Previous articleहावाबाट कोरोना भाइरस फैलने वैज्ञानिकहरुको दावी, प्रमाण खै बिश्व सवस्थ्य संगठन
Next articleभारत–चीन सीमा विवाद : गलवान क्षेत्रबाट पछि हटे चिनियाँ सेना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here