नेपालगञ्जमा जनप्रतिनिधी सहित १२४ जनामा कोरोना

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत मध्ये हालसम्म १२४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यकर्मी लगायतका कर्मचारी, जनप्रतिनिधी, नगर प्रहरी तथा सरसफाईको क्षेत्रमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । उपप्रमुख उमा थापा मगरका अनुसार २० बढि कर्मचारीहरु अहिले कोरोना संक्रमण भई आईसोलेसनमा रहनुभएको छ ।

संक्रमित मध्ये २४ जना स्वास्थ्यकर्मी रहेका छन् । कोरोना संक्रमणको समयमा समेत अग्रभागमा खटिएर जनताको सेवा गरिरहेको अवस्थामा कर्मचारी र जनप्रतिनिधीहरुमा कोरोना देखिएको हो ।

चैतयता मात्रै उपमहानगरपालिकाका २९ जना कर्मचारीमा कोरोना देखिएको छ । कोरोना संक्रमित हुनुभएका कार्यपालिका सदस्य शान्तिदेवी परियार, अधिकृत सातौं दानवहादुर विष्ट र सहायक चौथो युवराज विक्रम घलेको निधन भएको छ ।

जनप्रतिनिधी र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपनि उच्च मनोवलका साथ काम गरिरहेको नगर प्रमुख डा. धवलशम्शेर राणाले बताउनुभयो ।

Previous articleसंक्रमित महिलाले स्वस्थ बच्चा जन्माईन
Next articleएमाले बाँकेले विपन्न विरामीको उपचारमा सहयोग गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here