संक्रमित महिलाले स्वस्थ बच्चा जन्माईन

नेपालगन्ज । कोरोना संक्रमित एक महिलाले बच्चा जन्माएकी छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी भेरीगङ्गा गाँउपालिका ११ सुर्खेतकी २२ वर्षिय महिलाले स्वस्थ बच्चालाई जन्म दिनुभएकाे हाे ।

मेडिकल कलेज कोहलपुरका उपनिर्देशक नितेश कनोडियाका अनुसार कोरोनाको उपचार चलिरहेकै बेला बिहिवार बिहान ७:३५ बजे ति महिलाले बच्चालाई जन्म दिएकी हुन ।

अहिले आमा र बच्चाको अस्वस्था सामान्य रहेको कनोडियोले जानकारी दिनुभयाे ।

बाँकेका कोरोना फोकलपर्सन तेज वलीकाे समन्वयमा मेडिकल कलेज कोहलपुरको कोभिड आइसोलेसनमा भर्ना गरिएको थियाे । बुधबार राती शुरूमा भेरी अस्पतालमा ल्याएपनि पछि काेहलपुर लगिएको हाे ।

Previous articleसरकारद्धारा एक सय २० अभियुक्तको मुद्दा फिर्ता (नामावली)
Next articleनेपालगञ्जमा जनप्रतिनिधी सहित १२४ जनामा कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here