नेपालगञ्जमा होम आईसोलेसनलाई प्रभावकारी बनाइदै

नेपालगञ्ज । नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि घरमै आईसोलेसन बस्नेहरुको संख्या बढ्न थालेको छ ।

हाल नेपालगञ्ज उपमहानगरपालिकामा दुई हजार ३ सय ६६ जना घरमै आईसोलेसनमा बसेको सम्पर्क व्यक्ति राजन शाहीले जानकारी दिनुभयो ।

। नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडा मध्ये वडा नम्बर १० मा सबैभन्दा बढि ६ सय ५० जना घरमै आईसोलेसनमा बस्नुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले सामान्य लक्षण सहितका विरामीलाई ह्वाईट हाउसस्थित आईसोलेसनमा राख्ने व्यवस्था गरेको छ भने रामलिला मैदानस्थित तालिम केन्द्रमा अक्सिजन सहितको आईसोलेसन केन्द्र सञ्चालनमा ल्याएकाे छ ।

घरमै आईसोलेसनमा बसेकाहरुलाई सुरुमा सम्पर्क ब्यक्तिले स्वास्थ्य अवस्थाबारे जानकारी लिने र पछि पनि समय-समयमा परामर्शको काम गर्दै आएको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।

नेपालगञ्जकी उपप्रमुख उमा थापा मगरले होम आईसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्थाबारे समय-समयमा जानकारी लिई आवश्यक परामर्शमा निरन्तर खटिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिइएको बताउनुभयो ।

Previous articleबाँकेमा ‘तपाईको माक्स खै’ अभियान शुरू
Next articleपोखरेल नै मुख्यमन्त्री बन्ने एमाले संसदीय दलको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here