
नेपालगन्ज । ‘तपाईको माक्स खै’ अभियानका लागि जिल्लाको सवै बडामा जिल्ला प्रहरी कार्यालय र नेपाल रेडक्रस सोसाइटीले सयुक्त रुपमा शुरु गरको छ ।
युनिसेफको सहयोगमा जिल्ला काेभिड-१९ संकट व्यवस्थापन केन्द्रमार्फत ८ हजार १ सय थान माक्स, सेनिटाइजर (५०० एमएल) थान, फेस सिल ८१ थान , सन्देश व्यानर ८१ , ब्रसर ८ हजार १ सय र ग्लोव्स ५ सय थान सामाग्री उपलव्ध गराइएको छ ।
यस्तै अस्पताल, आइसोलेसन तथा फ्रन्टलाइनमा रहेका सुरक्षाकर्मीका लागि बी ग्रुपले केएर नेपालको सहयोगमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँके मार्फत वितरण हुने गरि माक्स २०० बक्स, सेनिटाइजर (३०० एमएल) १०० बोतल, ग्लोप्स १०० बक्स, पिपिई १०० सेट, हेन्ड बास १२० बोतल उपलव्ध गराएको छ ।
करिव ४ लाख सत्ताइस हजार वरावरको सामाग्री रहेको जिल्ला आपतकालीन कार्य संचालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिनुभयाे ।





