
नयाँ दिल्ली । भारतसँग सीमा विवाद जारी रहँदा चीनले विवादित क्षेत्र गलवान उपत्यका, हट स्प्रिंग्स र गोग्रा क्षेत्रबाट आफ्ना सेना फर्काएको छ । सीमा विवाद कम गर्ने प्रक्रिया सोमबारबाट सुरु भएपछि चिनियाँ सेनाहरु उक्त क्षेत्रबाट पछि हट्न थालेको बिबिसीले जनाएको छ ।
यद्यपि तनाव कम गर्ने प्रक्रिया सीमित स्तरमा मात्र भएको बताइएको छ । अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसी हिन्दीले विवादित क्षेत्र पाङगोङको बारेमा केही उल्लेख गरिएको छैन । हाल दुवै सेनाले लगाएका पाल र अन्य अस्थायी ढाँचाहरू हटाउने प्रक्रिया सुरु गरेका छन् ।
गत जुन ३० मा भएको कमाण्डरस्तरको वार्तापछि तनाव कम गर्ने सहमतिअनुसार दुवैतर्फका सेनाहरू विवादित क्षेत्रबाट पछाडि फर्किएको बताइएको छ । यसअघि गलवानमा चिनियाँ पक्षको आक्रमणका कारण भारतका २० सैनिकले ज्यान गुमाएका थिए ।
लगत्तै यो क्षेत्रको विवाद अन्तराष्ट्रिस्तरमा पुगेको थियो । विवादका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाखसम्म पुगेर भाषण गर्नुभएको थियो । त्यसको खण्डन चिनियाँ दूतावासले गरेको थियो । चीनले गलवान क्षेत्रमा आफ्नो स्वामित्व रहेको दाबी गर्दै आएको छ ।
गलवान उपत्यकाको जुन स्थानमा गत जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो सो स्थानबाट चिनियाँ सेना एक किलोमिटर पछाडि हटेका छन् । उक्त झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो । भारतीय सेना पनि उक्त क्षेत्रबाट पछाडि हटेका छन् र सिमानामा मध्यवर्ती क्षेत्र निर्माण गरिएको छ । नेपाललाईभ





