नाकामा खटिएका स्वास्थ्यकर्मी र प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

नेपालगन्ज । काेराेना महामारी बिरूद्व निरन्तर खटिरहेका प्रहरी कर्मचारी तथा स्वास्थ्यकर्मीकाे सुरक्षाका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

आइतबार जमुनाहा नाकामा ड्युटीमा रहेका प्रहरी जवानलाई तथा स्वास्थ्यकर्मीहरुलाई लायन्स क्लब अफ नेपालगन्ज सिटीले स्वास्थ्य सामाग्री बितरण गरेकाे छ ।

सुरक्षाको मापदण्ड अनुसार सुरक्षित रहन मद्दत पुर्याउन फेस सिल्ड र मास्क प्रदान गरिएको क्लबका अध्यक्ष घनश्याम कुमार वैश्य ले बताउनुभयाे ।

ईलाका प्रहरी कार्यालय जमुनाका प्रमुख बिष्णु गिरी र हाल्डिङ सेन्टरमा बस्ने स्वास्थ्यकर्मीलाई प्रदान गरिएको छ ।

Previous articleनेपालगञ्ज ४ मा १० शैय्या अक्सिजनसहितको आइसोलेशन सेन्टर संचालन
Next articleबाँके : २७ गतेसम्म निषेधाज्ञा थप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here