नेपालगञ्ज ४ मा १० शैय्या अक्सिजनसहितको आइसोलेशन सेन्टर संचालन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा १० शैय्या अक्सिजन सहितको आइसोलेशन सेन्टर संचालनमा आएको छ । गणेशपुरस्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको भवनमा तयार भएको अक्सिजन सहित १० शैय्याको आइसोलेशन सेन्टरको नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले उद्घाटन गरेसंगै संचालनमा आएको हो ।

जिल्लामा कोरोना संक्रमितहरु बढ्दै जाँदा उपचार व्यवस्थापनमा अभाव देखिएपछि नेपालगञ्ज वडा नं ४ ले आफ्नो वडामा आइसोलेशन सेन्टर निर्माण गरेको हो । वडा नं ४ का वडा अध्यक्ष सफिक बेहनाको नेतृत्वमा बढ्दो कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजन सहितको आइसोलेशन निर्माण गरिएको जनाइएको छ । आइसोलेशन सेन्टर संचालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।

नेपालगञ्जमा यसअघि उपमहानगरपालिकाले रामलीला मैदानस्थित तालिम केन्द्रको भवनमा १० शैय्यासहितको आइशोलेसन सेन्टर संचालनमा ल्याईसकेको छ भने नेपालगञ्ज वडा नं २० स्थित ह्वाईट हाउसमा समेत प्रि आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ ।

Previous articleलुम्बिनी प्रदेशमा एमालेका तीन जना सांसदद्धारा राजीनामा
Next articleनाकामा खटिएका स्वास्थ्यकर्मी र प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here