बाँकेमा कोरोनालाई परास्त गर्ने संख्या बढ्दै, बैशाख यता १६२४ जनाले जिते

फाइल तस्बिर

नेपालगञ्ज । बाँकेमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । एकातिर कोरोना संक्रमित बढेर भयावह स्थिति सृजना भएको छ भने अर्कोतिर कोरोना परास्त गर्नेहरु पनि बढ्दै गएका हुन ।

यसले कोरोनालाई जित्ने मनोबल बढाउँछ । बैशाख १ देखि १९ गते सम्म १ हजार ६ सय २४ जनाले कोरोना जितेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्याँक छ ।

जित्नेहरुमध्ये ७ सय २३ महिला र ९ सय १ पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैशाखको शुरुवातमा संक्रमितको संख्या बढ्दै गएको भएपनि १६ गते यता कोरोना निको हुनेको संख्या पनि बढेको छ । केन्द्रको तथ्याँक अनुसार बैशाख १६ मा २ सय ४४, १७ गते २ सय ५, १८ गते २ सय ५० र १९ गते सबैभन्दा बढी ३ सय ५ जनाले कोरोना परास्त गरेका छन ।

Previous articleबैशाखयता बाँकेमा ९७ जनाको मृत्यु
Next articleअवकाश पाएका चिकित्सकलाई करारमा लिइने, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here