तेस्रो पटक पश्चिम बंगालको ख्यमन्त्रीमा ममता बेनर्जी

एजेन्सी, कोलकाता । भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्नुभएको छ । विधान सभाको चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाउनुभएकी तृणमूल कंग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिनुभएको हो ।

कोरोना भाइरस महामारीका कारण उहाँको सपथमा एकदमै थोरै मानिसमात्र सहभागी थिए । गत मार्च र अप्रिलमा भएको विधान सभा चुनावमा पार्टीलाई भव्य रूपमा जिताए पनि बेनर्जी आफू भने पराजित हुनुभएको थियो ।

नन्दीग्राम चुनाव क्षेत्रमा उहाँ तृणमूल कंग्रेस छोडेर गएका उहाँको क्याबिनेटका पूर्वमन्त्री शुभेन्दु अधिकारीसँग पराजित हुनुभएको हो । चुनाव हारे पनि बेनर्जीलाई भारतीय संविधानले तेस्रो कार्यकालका लागि मुख्यमन्त्री रोकेको थिएन ।

भारतीय संविधानको धारा १६४ (४) ले सांसद नभएको व्यक्तिले पनि ६ महिनाका लागि मन्त्रीको सपथ लिन सक्ने व्यवस्था गरेको छ । बेनर्जीले उक्त धारा अनुसार मुख्यमन्त्रीको सपथ लिनुभएको हो । अब उहाँ छ महिनाभित्र कुनै क्षेत्रमा उपनिर्वाचन गराएर जितेर विधान सभा सदस्य हुनु हुनेछ ।

पश्चिम बंगालमा पार्टीलाई दुई तिहाइ बढी बहुमत दिलाउनुभएकी बेनर्जीले यसरी मुख्यमन्त्री बन्नु संवैधानिक, राजनीतिक र नैतिक रूपले पनि स्वीकार्य हुने विश्लेषकहरूले बताएका छन् ।

Previous articleनेपालगञ्ज उपमहानगरलाई कशौधन बैश्य समाजको सहयोग
Next articleस्वास्थ्यकर्मीको मनोबल बढाउन मेयर र उपमेयर अनुगमनमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here