स्वास्थ्यकर्मीको मनोबल बढाउन मेयर र उपमेयर अनुगमनमा

नेपालगञ्ज । नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणा र उपमेयर उमा थापा मगरले कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि भईरहेका कामहरुको अनुगमन गर्नुभएको छ । उहाँहरुले विभिन्न स्थानमा पुगेर भईरहेको कामको स्थलगत जानकारी लिई स्वास्थ्यकर्मीसहित अन्य कर्मचारीहरुको मोवल बढाउनुभएको छ ।

मेयर राणाले शिक्षण अस्पताल नेपालगञ्जमा पुगेर संक्रमितहरुको अवस्थाको बारेमा जानकारी लिनुभयो । बुधबार उपमेयर थापा मगरले नेपालगञ्जस्थित जमूनाह नाकामा पुगेर त्यहाँको अवस्था बारे जानकारी लिनुभएको छ ।

थापाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीसँग आवश्यक छलफल गरी सीमा नाकामा आवागमन व्यवस्थित गराउन र स्वास्थ्य मापदण्ड पूर्ण पालनाका लागि आग्रह गर्नुभयो । होल्डिङ्ग सेन्टरमा पुगेर पनि उपप्रमुख मगरले त्यहाँको अवस्था बारे जानकारी लिनुभयो ।

सीमामा भारतबाट भित्रिनेहरुलाई नयाँ मास्क दिने गरिएको छ । सेनिटाईजर सहित उनीहरुको ज्वरो जाँच समेत गरिन्छ । सीमामै एन्टिजिन जाँच समेत हुने गरेको छ । भारतबाट भित्रिनेहरुलाई सीमामा निःशुल्क पिउने पानीको ब्यवस्था गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले विभिन्न संघ संस्थाको सहयोगमा सीमा नाकामा व्यवस्थित आवागमनका लागि पहल गरिरहेका छन् ।

Previous articleतेस्रो पटक पश्चिम बंगालको ख्यमन्त्रीमा ममता बेनर्जी
Next articleनेपालका कुशल भुर्तेल आइसिसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here