नेपालका कुशल भुर्तेल आइसिसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा

File Photo

काठमाडौं । नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) प्लेयर अफ दि मन्थु को मनोनयनमा पर्नुभएको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको अप्रिल महिनाको मनोनयनमा कुशलसँगै पाकिस्तानका दुई खेलाडी पनि समावेस छन् ।

कुशलसँगै पाकिस्तानका फखर जमान र बाबर अजाम पनि मनोनयनमा पर्नुभएको हो । कुशलले यहि महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक टी(२० सिरिजमार्फत टी(२० मा डेब्यू गर्नुभएको थियो ।

नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिजमा उहाँले पाँच खेलमा चार अर्धशकत प्रहार गर्नुभएको थियो । उहाँले पाँच खेलमा २७८ रन प्रहार गर्नुभएको थियो । कुशलको उत्कृष्ट प्रदर्शनमा नेपालले घरेलु मैदानमा ११ वर्षपछि उपाधि समेत उचालेको थियो ।

यता फखरले दुई एक दिवसीय शतकसहित ३०२ रन प्रहार गर्नुभएको थियो । यस्तै बाबरले एक दिवसीय खेलमा २२८ रन र टी(२० मा ३०५ रन प्रहार गर्नुभएको थियो ।

Previous articleस्वास्थ्यकर्मीको मनोबल बढाउन मेयर र उपमेयर अनुगमनमा
Next articleमेडिकल कलेजमा अक्सिजन अभाव, थप बिरामी भर्ना नलिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here