
नेपालगञ्ज । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दा बस्दै एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको हो ।
अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
स्वाब दिन पालो कुरेर बस्दा बस्दै अस्पतालको प्रांगणमा मृत्यु भएपछि उनीसँगै आएका आफन्तले शवलाई अटोमा राखेर घर लगेको उनले बताए ।





